आजको मौसम: ४ प्रदेशमा वर्षा हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- देशभर आज पनि मौसम बदली र विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने र तराई क्षेत्रका हावाहुरी आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोसी, मधेस र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली तथा सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली छ।

साथै कोसी, मधेस र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली र वर्षा भइरहेको हो।

आज कोसी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

साथै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार दिउँसो मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत आउने सम्भावना देखिएको छ।

यसैगरी राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *