कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

No ads found for this position
No ads found for this position

काठमाडौं- हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल प्रवेश गरेको छ। पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुग्यो। यसअघि वर्षाले स्थगित भएको खेलमा नेपालले हङकङसँग अंक बाँडेको थियो।

जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो। पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जीसीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। गुलशन झा र आकाश चन्दले एक/एक विकेट लिए।

१९९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। उनको अर्धसतकमा ४ छक्का र ३ चौका सामेल छन्।

लोकेश बमले ६ बलमा १४ रन बनाए। आउट हुनुअघि उनले २ छक्का प्रहार गरे। विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे।

आरिफ शेख ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *