युपीका मुख्यमन्त्री योगी बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

No ads found for this position
No ads found for this position

सञ्जय मिश्रा
काठमाण्डौ २२ फागुन। एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दुत्वले मात्र होइन अर्को कुन कारणले भारतमा सबभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । लोकसभा निर्वाचन २०२४ मा युपीका मुख्यमन्त्री योगी आफ्नो काम गर्ने स्टाइलको कारण पनि देशभरिमा चर्चामा रहन्छन्।

उनको लोकप्रियता स्वीकार्यता लागि गरिएको एउटा सर्वेअनुसार उनी देशकै मुख्यमन्त्रीहरुमा लोकप्रिय ठहर भएका हुन् । उनको लगातार लोकप्रियता बढेको बढ्यै छ । गत फेब्रुअरीमा भएको सर्वेमा उनलाई ४६.३ प्रतिशत मानिसले बेस्ट सिएम बताए ।

यसरी प्रश्न उठ्न स्वाभाविक छ की किन उनको लगातार लोकप्रियता बढेको होला । यसै विषयमा मेटराइजले जी न्युजको लागि सर्वे गरेको थियो । उक्त सर्वेमा ४४ प्रतिशत मानिसले उनको लोकप्रियता कानुनी व्यवस्थाको कारण, ५ प्रतिशतले राष्ट्रवाद, २८ प्रतिशतले छवि व्यक्तित्व राम्रो भएको कारण र २ प्रतिशतले अन्य कारण बताएका थिए ।

भारतका राजनेताहरू मध्ये प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित साहभन्दा भने उनी पछि छन् । एक्समा मुख्यमन्त्री योगी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र कांग्रेस नेता राहुल गान्धी भन्दा अगाडि रहेका छन् । योगीको फलोअर्स २७.४ मिलियन, केजरीवालको २७.३ मिलियन, गान्धीको २४.८ मिलियन र अखिलेश यादवको मात्र १९.१ मिलियन फलोअर्स रहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *