निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ संस्कृतिमन्त्री किराँतीलाई बुझाइयो

No ads found for this position
No ads found for this position

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई नेपाल वायुसेवा निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ बुझाइएको छ ।

निगम सुधारका लागि भन्दै पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि अध्ययन तथा कार्यान्वयन सिफारिस गर्न भन्दै बनाइएको पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार मन्त्री किराँतीलाई प्रतिवेदन बुझाएको हो ।

मन्त्री किराँतीसहित मन्त्रालयका सचिव दिपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्त रुपमा समितिले बुझाएको प्रतिवेदनमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, सञ्चालक समितिको निर्णय र निगम सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने र निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउन प्रतिवेदनमा दिइएको सुझावलाई प्रभावकारी कार्यन्वयन हुनुपर्ने उल्लेख छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *