महासमिति छनोटका विषयमा कांग्रेस दोलखामा चरम विवाद, केन्द्रीय निर्वाचन कमिटीमा उजुरी

No ads found for this position
No ads found for this position

दोलखा- नेपाली कांग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया विवादमा परेको छ।

नेपाली कांग्रेसको महाधिवेशनमा ५ प्रतिनिधिले महासमिति सदस्य छनोट विधान विपरित गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया विवादमा परेको हो।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित  महाधिवेशन प्रतिनिधिहरू मध्येबाट पार्टी विधान अनुसार दोलखाबाट ११ जना महासमिति सदस्यको नाम केन्द्रमा पठानुपर्ने हुन्छ।

सोही ११ जना महासमिति सदस्यको नाम पठाउँदा पार्टीको विधान विपरित छनोट गरी पठाइएको भन्दै महाधिवेशन प्रतिनिधिहरू उर्मिला कार्की, जयराम श्रेष्ठ, कुमार अधिकारी, प्रभुराम श्रेष्ठ र गौरब कुमार लामाले पार्टीको निर्वाचन समितिको कार्यालय सानेपा ललितपुरमा उजुरी दर्ता गरेका छन्।

पार्टीले निर्वाचनको उम्मेदवारी दर्ता,नामावली प्रकाशन जस्ता सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरेर मतदान प्रक्रिया नाटकीय रूपमा रोकेको उजुरिमा उल्लेख गरिएको छ।

निर्वाचन गर्ने भनेर महासमितिका उम्मेदवारहरूलाई ५० हजार रुपैयाँ  जम्मा गर्न लगाइ स्वेच्छाचारी रूपले आफ्ना नजिकका मान्छेको नाम गोप्य रूपमा केन्द्र पठाइएको उजुरीमा बताइएको छ।

निर्वाचन समितिलाई हस्ताक्षेप गरी लोकतान्त्रिक मान्यताविरुद्ध नाम पठाइने दुस्प्रयास गरिएकाले सो कार्य नगराउन र मान्यता नदिन  निर्वाचन प्रक्रियाको आवश्यक प्रमाणसहित पठाइएको उजुरीमा उल्लेख गरिएको छ।

यता नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले कार्यसम्पादन समितिको निर्णयबाट भन्दै ११ जनाको नाम महासमिति सदस्यमा सिफारिस गरेपछि दोलखा कांग्रेसमा विवाद भएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *