जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- शंखरापुर नगरपालिका-७ साँखुस्थित सोही नगरपालिका-१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका- ८ कंचन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *