सुशील कोइरालाको सम्झनामा तरुण दलले गर्यो दीप प्रज्वलन (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।

नेपाल तरुण दल केन्द्रीय समितिले कोइरालाको सम्झनामा दीप प्रज्वलन तथा सन्ध्या आरती गरेको हो ।

काठमाडौंको सिनामंगल स्थित लक्ष्मी नारायण मन्दिरमा दीप प्रज्वलन तथा सन्ध्या आरती कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सुशील कोइरालाको तस्बिरमा माल्यार्पण गरी दियो र आरतीको बत्ती बालेर कोइरालाप्रति श्रद्धा सुमन प्रकट गरेका थिए ।

कार्यक्रममा ३ जना गुरुले सन्ध्या आरती गरेका थिए भने ३ जना बाध्य बाधकमा थिए ।

कार्यक्रममा करिब १ सय ५० जना उपस्थिति रहेको तरुण दलले बताएको छ । कार्यक्रममा सम्पूर्ण तरुणहरूले दीप प्रज्वलन गरी स्वर्गीय सुशील कोइरालाप्रति श्रद्धा प्रकट गरेका थिए ।

कोइरालाको विसं. २०७२ माघ २६ गते काठमाडौंको महाराजगन्जस्थित निवासमा निधन भएको थियो । सामान्य ज्वरोका कारण अस्वस्थ भएका उनको निमोनियाका कारण आकस्मिक निधन थियो । सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री थिए । कोइराला नेपालको व्यवस्थापिका संसदबाट वि.सं.२०७० माघ २७ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *