रौतहटबाट काठमाडौं जाँदै गरेको बस ट्रकसँग ठोक्किँदा २० जना घाइते

No ads found for this position
No ads found for this position

चितवन- चितवनमा गए राति बस दुर्घटना भएको छ । दुर्घटनमा परेर २० जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका-२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३-००१ ख ७३१२ नं. को ट्रकसित ठोक्किएको हो।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *