सञ्चय कोष, सेना र नागरिक कोषको पैसासमेत मारवाडीकै हातमा छ: व्यवसायी प्रसाई 

No ads found for this position
No ads found for this position

काठमाडौं- सेना, प्रहरी र कर्मचारीले जम्मा गरेको ३ वटा संस्थाको पैसा पनि मारवाडी व्यापारीले चलाएको मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले बताएका छन्।

कर्मचारी सञ्चय कोष, सेनाको कोष र नागरिक लगानी कोषको रकम समेत मारवाडी व्यापारीको हातमा पुगेको प्रमाण आफूसँग भएको प्रसाईले जानकारी दिए।

यी सबै कोषको पैसा मारवाडी व्यापारीको हातमा भएको कारण ३ वटै संस्थाभित्र चाँडै समस्या उत्पन्न हुने उनले बताए।

४० खर्ब रुपैयाँ नेपालको पैसा मारवाडीहरूले बाहिर लागेका छन्। यही पैसाभित्र ३ वटै कोषको रकम पचाए। हाल नेपालमा ७/८ खर्ब रुपैयाँ पैसा मात्र भएको प्रसाईको दाबी छ।

‘व्यापारिक घराना र मारवाडीले बैंकबाट चालु पुँजी १० देखि १२ खर्ब रुपैयाँ निक्षेप चलाएका कारण निजी बैंक टाट पल्टिने अवस्थामा पुगेका हुन्। अब यसरी प्रहरी, सेना र कर्मचारीले रकम जम्मा गरेको कोष पनि टाट पल्टिने अवस्थामा पुगेका छन्।’

देशको कुल निक्षेपको ७० प्रतिसतमा ५५ जना व्यापारीको नियन्त्रण छ। एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको पाइएको छ। तीनै व्यापारीले चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेको प्रसाईको आरोप छ।

अहिले बैंकले नक्कली मुनाफा देखाएको देखाएर सेवाग्राहीलाई भ्रममा पारिरहेकका छन्। खासमा बैंकहरुसँग त्यो स्तरको नाफा छैन। यी सबै देखावटी गरिरहेको प्रसाईको आरोप छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *