बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजिनामा

No ads found for this position
No ads found for this position

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजिनामा दिएका छन् ।

बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् ।

गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजिनामा दिएका हुन् । तर, उनले किन राजिनामा दिए ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् ।

पछिल्लो समयमा बढ्दो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बिचमा भइरहेका असहमति र बिबाद देखा परेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *