झापामै एमाले कमजोर भएपछि ओली प्रसाईविरुद्ध षड्यन्त्र रच्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- पछिल्लो समय झापामै नेकपा एमाले कमजोर भएको छ। आफ्नै गृह जिल्लामा एमाले कमजोर बन्दै गएपछि एमालेका अध्यक्ष केपी ओली दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानतिर खनिन थालेका छन्। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रसाईलाई पक्राउ गर्न दबाब दिँदै उनीविरुद्ध राप्रपालाई प्रयोग गरेको पाइएको छ।

ओलीले झापासहित देशका विभिन्न स्थानमा प्रसाईको पक्षमा माहौल बन्दै गएको देखेपछि उनीविरुछ षड्यन्त्र गर्न थालेको राप्रपाकै कतिपय नेताहरू बताउँछन्। ओली प्रसाईको माहौल भड्काउन राप्रपाका केही नेताहरू प्रयोग गरेको र उनीहरुविरुद्ध राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नै लगाएका छन्। ओलीले पुर्वराजा ज्ञानेन्द्र शाह र प्रसाईबीच फाटो ल्याउने प्रयास गरिरहेको समेत पाइएको छ।

झापामा एमालेभन्दा प्रसाईको कार्यक्रममा जनताको सहभागिता बढ्न थालेपछि अध्यक्ष ओली उनीविरुद्ध षड्यन्त्र गर्न थालेको हुन्। गत मंसिर-७ गते काठमाडौंमा भएको शक्ति प्रदर्शनमा पनि एमालेभन्दा प्रसाईको कार्यक्रममा जनताको सहभागिता बढी थियो। मंसिरपछि एमाले अध्यक्ष ओली र महेश बस्नेत प्रसाईविरुद्ध अभिव्यक्ति दिन छाडेका छन्।

जनताका लागि निस्वार्थ आन्दोलन र कार्यक्रम गर्दै आएको प्रसाईले बताएका छन्। देश र जनताका लागि लड्दा केही राजनीतिक दल र व्यक्तिलाई समस्या भएपछि आफुविरुद्ध षड्यन्त्र गरिरहेको हुनसक्ने उनले बताए। ‘आफ्नो आन्दोलन व्यक्ति केन्द्रित होइन। देश र जनतासँग जोडिएका दैनिकी समस्यामाथि हो। अरूले के गर्छन् मलाई थाहा छैन। म आफ्नो हिसाबले महाअभियान चलाइरहेको छ।’ उनले भने।

राप्रपा घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ। राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढङ्गले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजासहित हिन्दु राज्य फर्काउन अभियानमा छन्। राप्रपाको भन्दा प्रसाईको कार्यक्रममा जनताको सहभागिता धेरै छ। जसका कारण राप्रपा पनि प्रसाईविरुद्ध लागेको छ।

पछिल्लो समय प्रसाईले गरेको आन्दोलनमा हिन्दु राज्य र राजाको माहौल बन्दै गएका कारण एमाले अध्यक्ष ओली, राप्रपा र कांग्रेस समेत डराएका छन्। निर्वाचन आयोगले गरेको एक अध्ययनमा २०८४ सालको चुनावको मुख्य प्रतिस्पर्धी प्रसाई समेत हुने देखाएपछि पार्टीहरू उनीसँग डराउन थालेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षमा राजेन्द्र लिङदेनले पनि पछिल्लो समय राजसंस्था र राजा ब्युँताउन आन्दोलन थालेका छन्। गणतन्त्र स्वीकारेका लिङदेन मन्त्री समेत बनेपछि राजसंस्था र हिन्दु राज्यका पक्षमा भ्रम फैलाउन मात्र यो नारा लगाउने गरेको राप्रपाका नेता-कार्यकताले आरोप लगाइरहेका छन्।

यस्तै, अध्यक्षमा लिङ्देनसँग हारेपछि अलग पार्टी खोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी राजसंस्था, राजा र हिन्दु राज्यका नारा लिएर आन्दोलनमा उत्रिएका छन्। २०६३ सालपछि राजतन्त्र हटेपछि पटक-कपट मन्त्री भएका थापाले गत वर्षदेखि राजतन्त्रको मुद्दा छाडेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय