माल्टा पठाइदिन्छु भन्दै रकम ६ लाख ठगी गर्ने पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१३ घर भई बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरूङले वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *