सत्ता लोभमा राप्रपा: लिङदेनले प्रसाईका कार्यक्रम रोके सरकारमा सहभागी हुने बाग्रेनिङ चल्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेडिकल व्यवसायी दुर्गा प्रसाईको गतिविधि रोक्न माग गरेको पाइएको छ।

प्रसाईका गतिविधि रोके आफु सरकारमा सहभागी हुने र सरकारलाई सहयोग गर्ने समेत उनले प्रधानमन्त्रीलाई आश्वासन दिएको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार लिङदेनले राप्रपा पनि सरकारमा सहभागी हुन मेडिकल व्यवसायी दुर्गा प्रसाईले पछिल्लो समयमा गर्दै आएका गतिविधि रोक्नुपर्ने माग राखेका छन्। यो विषयमा प्रधानमन्त्री प्रचण्ड मौन र केही जवाफ नदिएको स्रोतले जनाएको छ।

प्रधामन्त्रीसँग मात्र होइन अध्यक्ष लिङदेनले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि प्रसाईका गतिविधि नियन्त्रणका लागि सरकारलाई दबाब दिनुपर्ने माग राख्दै आएका छन्।

राप्रपा अध्यक्षको दबाबपछि ओलीले प्रधानमन्त्रीलाई प्रसाईका गतिविधि रोक्न दबाब दिएको पाइएको छ। यो विषयमा प्रचण्ड भने मौन देखिएको बालुवाटार स्रोतले जनाएको छ।

ओलीले प्रधानमन्त्रीसँग भएको हरेक भेटमा प्रसाईलाई पक्रिन माग गर्दै आएपनि प्रचण्डले यो विषयलाई चासो नदिएको पाइएको छ।

राप्रपा घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ। राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढङ्गले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजासहित हिुन्दु राज्य फर्काउन अभियानमा छन्।

आफनो महाअभियान देश र जनताका लागि भएका कारण अहिले कसले के भन्छ त्यसको पछि नलाग्ने प्रसाईले जानकारी दिए।

आफ्नो अभियान देखेर केही शक्ति दबाबमा परेको र डराएको प्रसाई बताउँछन्। जनताका लागि लड्ने व्यक्तिलाई कसैले अवरोध गर्न नसक्ने उनको दाबी छ।

अध्यक्ष राजेन्द्र लिङदेनसहित केही नेतालाई सामूहिक भेटेका राजाले प्रसाईसँग भने एक्लै भेटेका छन्। लिङदेनपछि केशरबहादुर विष्टसहितका केही नेताहरुलाई पनि शाहले सामूहिक भेटेका थिए।

लिङदेन र विष्टलाई प्रसाईको आन्दोलन र अभियानलाई सहयोग गर्ने राजा सल्लाह दिएको राप्रपाकै नेताहरु बताउँछन्। राजाले उनीहरुलाई राष्ट्रिय झन्डाको पक्षमा राजनीतिक गर्ने पनि सुझाव दिएको पाइएको छ।

गत वर्ष झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने योजनामा प्रसाई छन्।

राप्रपा अध्यक्ष लिङदेन यो दिन प्रसाईका पक्षमा माहोल बन्ने देखेपछि उनको कार्यक्रम रोक्न कांग्रेस नेता शेखर कोइरलालाई समेत भटेको पाइएको छ।

उनले कोइरलासँग पनि प्रसाईका कार्यक्रम रोक्न सरकारलाई दबाब दिनुपर्ने माग गरेको कांग्रेस स्रोतले जनाएको छ। कोइरालाले पनि उनको भनाइलाई चासो नदिएको पाइएको छ।

प्रसाईका कारण राप्रपाको माग ओझेलमा परेपछि उनी पछिल्लो समयमा प्रसाईविरुद्ध खनिन् थालेका छन्। गत मंसिर ७ गते प्रसाईको शक्ति प्रदर्शन देखेर लिङ्देन आत्तिएका हुन्। प्रसाईको कार्यक्रममा ५० हजारभन्दा बढी मान्छे भेला सहभागि भएको प्रहरीकै दाबी छ।

हाल प्रसाईले हेटौंडामा गरेको एक कार्यक्रममा २० हजारभन्दा बढी जनता भेला भएका थिए। प्रसाईले देशव्यापी गरेका कार्यक्रममा जनताको सहभागिता देखेपनि राप्रपा, एमाले, राश्वपा र कांग्रेसलगायतका पार्टी तर्सिएका छन्।

प्रसाईले भने आफनो कार्यक्रमका एजेन्डाभन्दा बाहिर गएर कसैप्रति लक्षित केही गतिविधि गरेका छैन।

यस्तै लिङ्देनले गत साता भएको राष्ट्रिय सभा निर्वाचनमा रवि लामिछानेका ससुरालाई सहयोग गर्ने एमालेसँग सहकार्य गर्दै आएका छन्।

लिङ्देन लोकतन्त्रको विरोध गर्दै लिङ्देन गणतन्त्रवादी पार्टीको पछि लागेर राजनीतिक गर्दै हिडेका छन्। लिङ्देनले कोशीमा राप्रपाकै अमरबहादुर विष्टलाई कोशी प्रदेशको सभामुख बनाएर लोकतन्त्र स्वीकारेका छन्। अहिले उनी राजाको नाम बेचेर राजनीतिक गर्दा जनताले नपत्याउने भएपछि प्रसाईको विरोधमा अप्रत्यक्ष रुपमा पछि लागेका छन्।

प्रसाईले एक वर्षयता देशव्यापी रुपमा कार्यक्रम गर्दै आएका छन्। उनको कार्यक्रममा धेरै जनताको सहभागिता बढ्दै गएको छ।

२०४६ पछि घराना व्यापारीका रुपमा बैंक र वित्तीय संस्थाहरु कब्जा गरी राज्यको समेत ३२ खर्ब भन्दा बढी रकम ५५ भन्दा बढि व्यापारी र नेताले हिनामिना गरी विदेशमा लगी पैसा राखि देशलाई कंगाल बनाएकोले छाविन गरी उक्त सम्पत्ती फिर्ता ल्याउनु पर्ने माग राख्दै आएका छन्।

प्रसाईले बैंक लघुवित्त सहकारी बीमा कम्पनीहरुलाई तुरुन्तै राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपलाई ध्यानमा राख्दै निक्षेपकर्ताको व्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरुको २० लाख भन्दा मुनिको ऋण मिनाह गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पुर्याइएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनु पर्ने माग राखेका छन्।

२० लाख भन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत हुनु पर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिकर रोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमै स्वरोजगारको ग्यारेन्टी गर्नु पर्ने र साथै बैंक तथा वित्तीय संस्थाबाट पत्रिकामा ३५ दिने सूचना प्रकाशन गर्ने काम बन्द गर्नु पर्ने र कोभिड र राजनीनिक अस्थिरताका कारण व्यापारीहरु थलिएका हुनाले सो ऋणलाई ५ वर्ष समय थपि पुन काम गर्ने बातावारण मिलाउनु पर्ने माग प्रसाईको छ।

उनले वैदेशिक रोजगारीका नाममा मानव तस्करको धन्दा बन्द गर्नु पर्ने एजेन्डासहित देशव्यापी कार्यक्रम गर्दै आएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *