पुर्वराजा शाह र मेडिकल व्यवसायी प्रसाईको ‘वान टु वान’ वार्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- मलेडिकल व्यवसायी दुर्गा प्रसाई र पुर्वराजा ज्ञानेन्द्र शाहबीच पर्सामा भेटवार्ता भएको छ। राजा शाहले भेट्न बोलाएपछि प्रसाई आइतवार साँझ पर्सा पुगेका थिए।

आज पर्सामा राजा र प्रसाईबीच वान टु वान वार्ता भएको हो। प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । उनको यो महाअभियान राष्ट्र र अन्तरराष्ट्रिय शक्तिले नियालिरहेका छन्। भने पुर्वराजा ज्ञानेन्द्रले समेत उनको महाअभियानलाई नजिकबाट बुझदैं आएको पाइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ। राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढङ्गले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजासहित हिुन्दु राज्य फर्काउन अभियानमा छन्। राप्रपाका भन्दा प्रसाईको अभियान व्यवस्था परिवर्तन हुनेगरी चलिरहेको छ।

गत महिना राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित केही नेतालाई सामूहिक भेटेका राजाले प्रसाईसँग भने एक्लै भेटेका छन्। लिङदेनपछि केशरबहादुर विष्टसहितका केही नेताहरुलाई पनि शाहले सामूहिक भेटेका थिए।

लिङदेन र विष्टलाई प्रसाईको आन्दोलन र अभियानलाई सहयोग गर्ने राजा सल्लाह दिएको राप्रपाकै नेताहरु बताउँछन्। राजाले उनीहरुलाई राष्ट्रिय झन्डाको पक्षमा राजनीतिक गर्ने पनि सुझाव दिएको पाइएको छ।

गत झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने योजनामा प्रसाई छन्।

प्रसाई गत मंसिरमा गरेको पहिलो चरणको आन्दोलनले उपलब्धि पाएको थियो। जसका कारण पनि उनको अभियानमा राजाले मौन समर्थन गरेको बुझिन्छ। मंसिरमा प्रसाईको शक्ति प्रदर्शन रोक्न सरकार र नेकपा एमाले नै लागेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *