प्रलेसको बाजुरा जिल्ला कार्य समिति काठमाडौंमा सम्पन्न

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपालका कम्युनिष्टहरुको साझा सांस्कृतिक मोर्चाका रूपमा स्थापित प्रगतिशील लेखक सङ्घ (प्रलेस)को बाजुरा जिल्ला कार्य समितिको भेला काठमाडौंमा सम्पन्न भएको छ।

शनिवार सङ्घको केन्द्रीय कार्यालय बागबजारमा भएको उक्त भेलामा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ सदस्य डा. मधुसूदन गिरिको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उक्त भेलाले अध्यक्षमा नवीन राज गिरि (आयुध), उपाध्यक्षमा दिनेश बुढा ,सचिवमा वसन्त बहादुर शाही, कोषाध्यक्षमा सावित्रा गिरि र सदस्यहरूमा सरिन शाही, नवीन बिष्ट र ज्ञानेन्द्र शाही लगायत सात सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ।

विशिष्ट प्रगतिशील व्यक्तित्वहरूको उपस्थितिमा भएको उक्त कार्यक्रम भव्य र उत्कृष्ट रूपमा सम्पन्न भएको थियो।

निर्वाचित अध्यक्ष गिरि नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका सक्रिय सदस्य हुन् । उनी युवा नेताका रूपमा पनि परिचित छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *