एमालेको संकल्प यात्राभन्दा प्रसाईको कार्यक्रममा जनताको आकर्षण

No ads found for this position
No ads found for this position

नेकपा एमालेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा भन्दा मेडिकल व्यवसायी दुर्गा प्रसाईले देशव्यापी रुपमा गरेको विभिन्न कार्यक्रममा जनताको आकर्षण देखिएको छ।

प्रसाईले माघ लागेपछि मधेश, बाग्लुङ र बुटवलमा विभिन्न कार्यक्रममा सहभागिता भएको थिए। उनका कार्यक्रममा युवा, महिला तथा अन्य सर्वसाधरणको उत्साहपुर्वक सहभागी देखिएको थियो।

प्रसाईले गत वर्षको फागुनदेखि नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन्। देशमा अहिले जनता बचाउने हो। भविष्यमा विकास गर्दै जानुपर्ने प्रसाईले बताएका छन्।

प्रसाईले देशभर गरेको कार्यक्रममा एमाले गत महिना गरेको संकल्प यात्रा भन्दा उनको कार्यक्तममा जनताको सहभागिता आकर्षण देखिएको छ। प्रसाईको कार्यक्रममा हेटौडा र बुटवलमा धेरै जनता सहभागिता भएका थिए।

प्रसाईले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रर्दशन गरेको थिए। उनको कार्यक्रममा देशभरबाट ५० हजारभन्दा बढी नागरिक भेला भएका थिए। सरकारले पनि यो ठुलो शक्ति प्रर्दशन भनेर स्वीकारेको छ। सरकार र एमाले अवरोधका कारण पनि प्रसाईको कार्यक्रममा जनताको सहभागि उत्साहजक थियो। प्रसाईको शक्ति प्रर्दशनपछाडी एमालेले प्रसाईविरुद्ध आक्रमक हुन् छाडेको छ।

मेडिकल व्यवसायी प्रसाईँले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमलाई अहिलेसम्म काठमाडौं जिल्ला प्रशासन कार्यालय अनुमति नदिएको प्रसाईको सचिवालयले जनाएको छ।

राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने प्रसाईले जानकारी दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *