महानगरको निर्णयविरुद्ध सटर बन्द गरेर व्यापारी सडकमा

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं महानगरले न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध गरेपछि सो क्षेत्रका व्यापारी सडकमा उत्रिएका छन् ।

न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने महानगरपालिकाले निर्णयविरुद्ध मंगलबार व्यापारीहरु सटर नै बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेपछि व्यापारीहरु सटर नै बन्द गरेर  वडा कार्यालय पुगेर निर्णय सच्याउन पनि माग गरेका छन् ।

मंगलबार  धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *