स्रोत नखुलेको ६ लाख रकमसहित १ पक्राउ

No ads found for this position
No ads found for this position

रौतहट- करिब ६ लाख नेपाली रुपैयाँ सहित रौतहटमा एक जना मानिस पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको गस्ती टोलीले हुण्डी कारोबार गरेको आशंकामा एकजना मानिस लाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार ५ लाख ९४ हजार रुपैयाँ सहित परोहा नगरपालिका ८ का दिनेश प्रसाद कुष्वाहालाई पक्राउ गरेको छ।

सीमावर्ती बौधीमाई नगरपालिका-७ छोटी बंकुल हुँदै भारत तर्फ गई रहेको बागतमी प्रदेश ०२-०३८ प-५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १ हजार दरको ३ सय ४२ र ५ सय दरका ५ सय ४ थानगरी कुल ५ लाख ९४ हजार रुपैयाँ सहित कुशवाहा पक्राउ भएको इन्स्पेक्टर पाटा मगरले बताए।

बरामद रुपैँया, मोटरसाईकल सहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी हेक्वा रौतहटले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *