पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य सुची 

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल आयल निगमले एक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटेको जनाएको हो ।

जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

घटेको मूल्य मंगलबार विहान राति १ बजेबाट लागू भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *