भूकम्प पीडितको यथार्थ पहिचान गरि स्वास्थ्य सामग्री वितरण गर्न अध्यक्ष गुरुङको निर्देशन

No ads found for this position
No ads found for this position
काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले डा .आरजु राणा देउवाले हस्तान्तरण गरेको डिग्निटी कीट जाजरकोट तरुण दललाई आज सुम्पिएका छन् ।
अध्यक्ष गुरुङले जाजरकोट तरुण दललाई उक्त डिग्निटी कीटको झोला सुम्पिँएका हुन् ।
भूकम्प पीडित को यथार्थ पहिचान गरि सहि ढङ्गले उक्त सामग्री बाँड्न जाजरकोट बाट प्रतिनिधित्व गर्ने तरुण दल केन्द्रीय सदस्य पुष्प बस्नेत र तरुण नेता रमेश चन्दलगायतको टोलीलाई उनले निर्देशन दिएका छन् ।
१८ प्रकारका सामग्री रहेको किट ५०० जनालाई पुग्ने र १५ प्रकारका सामग्री भएको किट ५०० जना महिलालाई पुग्ने जनाइएको छ ।
सो राहतमा सहयोग गर्ने संस्थाहरूमा सुरक्षित मातृत्व सञ्जाल काठमाडौँ, माननीय डा. आरजु राणा देउवाको सचिवालय, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य तथा फुड इन्डस्ट्री प्रालि मोरङ र हिमालय रि इन्स्योरेन्स प्रालि काठमाडौँ रहेको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *