खेलकुद मन्त्री लिम्बुलाइ पत्नि बियोग

No ads found for this position
No ads found for this position

बिराटनगर- युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ ।

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो ।

लामो समय देखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचार भइरहेको थियो, उपचारको क्रममा बिहिवार राती बिराटनगरस्थित निवासमा निधन भएको हो ।

पारिवारका सदस्यका अनुसार शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । लिम्बुको १ छोरी र १ छोरा रहेका छन् ।

मन्त्री लिम्बुको केही महिना अघि आमाको समेत  निधन भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *