मौसम: आज तराई क्षेत्रमा हुस्सु र शितलहरको सम्भावना

No ads found for this position
No ads found for this position

काठमाडौं- आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

आज राति कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। तराईका अधिकांस जिल्लामा आज विहानैदेखि हुस्सु र कुहिरो लागेको छ।

केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *