उच्च अदालतका ३९ जना न्यायाधीशले लिए शपथ

No ads found for this position
No ads found for this position

काठमाडौं- उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौला द्वारा आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ समारोहमा कानुनमन्त्री धनराज गुरुङ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत उपस्थित थिए। पुस १८ मा बसेको न्याय परिषद् बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको थियो।

जसमा जिल्ला अदालतकामध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चारजना र कानुन व्यवसायीबाट ९ जनाको नाम सिफारिस भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *