भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई भारत दूतावासमार्फत सिधै दिने २० करोडका योजनाहरू आफूखुसी खर्च गर्न नपाउने बताएका छन्।

आज बसेको संघीय संसद् अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतसँग हिजो भएको सम्झौता अनुसार उताबाट प्राप्त हुने सहयोग भारतले आफूखुसी खर्च गर्न नपाउने बताएका हुन्।

बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो। जसको अहिले नेताहरुले बिरोध गरेका छन्।

यो पनि पढ्नुस्:

भारतले बाँड्ने २० करोडका योजनाहरू तुरुन्त रद्द नभए आन्दोलन हुन्छ: झलनाथ खनाल

समितिको बैठकमा बैठकमा एमाले सांसद रघु जी भारतले आफूखुसी खर्च गर्न पाउनेगरी भएको सम्झौता राष्ट्रिय स्वतन्त्रतालाई कमजोर पार्ने खालको भएको भन्दै विरोध गरेपछि प्रधानमन्त्रीले जवाफ दिएका थिए ।

एमाले सांसद पन्तले भारतीय विदेशमन्त्री नेपाल आउनासाथ चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भन्दै भारतीय विदेशमन्त्री जयशंकर सिंहले प्रचण्डसँग विरोध जनाएको भनेर बैठकमा प्रधानमन्त्रीको धारणा मागेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *