भारतले बाँड्ने २० करोडका योजनाहरू तुरुन्त रद्द नभए आन्दोलन हुन्छ : झलनाथ खनाल

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले दूतावासमार्फत सिधै दिने २० करोडका योजनाहरू नेपालमा बाँड्न सक्ने गरी भएको सम्झौतामा आपत्ति जनाएका छन् ।

नेपालजस्तो सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका लागि यो सम्झौताको बुँदा लज्जाजनक भएको खनालको भनाई छ ।

नेपाल र भारतबीच ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाममा भएको सो सम्झौता आश्चर्यजनक भएको उनले बताएका छन् ।

खनालले आज एक बिज्ञप्ति मार्फत यो सम्झौता तुरुन्त रद्द नगरे आन्दोलन हुने चेतावनी दिएका छन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *