वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० करोड ठगी गरेको आरोपमा लामा पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका उनलाइ प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ पक्राउ गरेको हो ।

काठमाडौंको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोपमा उनलाई पक्राउ परेका हुन् ।

लामालाई प्रहरीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलबाट पक्राउ गरेको हो । उनले पीडित व्यक्तिबाट रु पाँच लाखदेखि रु १५ लाखसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *