आज ३ प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्‍ने

No ads found for this position
No ads found for this position

काठमाडौं- हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *