वनभोजका लागि गएको बस तुलसीपुरमा पल्टियो, २० जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं- बर्दियाबाट दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस दाङको तुलसीपुरमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

राप्ती राजमार्गको तुलसीपुर-१३ दमारगाउँमा आज बिहान बस दुर्घटना भएको हो।

वनभोजका लागि बर्दियाबाट आउँदै गरेको बस सडक छेउको नालामा पल्टिएको र बसमा सवार २० जना घाइते भएको प्रहरीले बताएको छ।

घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरि उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पतालमा लगिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *