हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

No ads found for this position
No ads found for this position

झापा- हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा शिवसताक्षी नगरपालिका- ११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको प्रहरीले जनाएको छ ।

हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो ।

हात्तीको तोडफोडबाट करिब १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *