आजको मौसम: केही ठाउँमा आंशिक बदली हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम हुस्सु र कुहिरो लागेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *