घले समूहले १ सय ३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

No ads found for this position
No ads found for this position

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १ सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

त्रिभुवन विमानस्थलबाट केही साताअघि १४ केजी सुनसहित घले पक्राउ परेका थिए। त्यसपछि छानबिन समिति गठन भएको थियो ।

समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए।

घलेले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *