आजको मौसमः चिसोबाट बच्न आग्रह

No ads found for this position
No ads found for this position

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

काठमाडौं उपत्यकामा हिजो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको थियो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेकोमा बिहीबार बिहान न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *