१ सय घर बनाउने लक्ष सहित तरुण दल टोली जाजरकोट प्रस्थान (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं– जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितहरुको आवास निर्माण गर्न नेपाल तरुण दलका केन्द्रीय सदस्यहरु जाजरकोट प्रस्थान गरेका छन् ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा तरुण दल केन्द्रीय सदस्यहरु आज  जाजरकोट प्रस्थान गरेका हुन् ।

तरुण दल केन्द्रीय कार्यालय बाट आवश्यक निर्माण सामाग्री लिएर ६० देखि १ सय वटा आवास निर्माण गर्ने लक्ष्य सहित टोलि जाजरकोट प्रस्थान गरेको हो ।

अध्यक्ष गुरुङ सहितकाे टाेलिलाइ केन्द्रीय कार्यलबाट आज सुभ साइतको पूजा गरी मुख्य सचिव ठान प्रस्ताव पोखरेलले टीका र माला लगाइ सफलताको कामना दिई टोलीको बिदाइ गरेका हुन्।

करिब ३० जनाको तरुण दल केन्द्रीय सदस्यहरुको टोलि केन्द्रीय कार्यलयबाट जाजरकोट प्रस्थान गरेको तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेलले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *