कारागारका बन्दीहरुको सेवामा सक्रिय प्रारम्भिक बाल विकास केन्द्र

No ads found for this position
No ads found for this position

काठमाडौं– नेपालको विभिन्न कारागार भित्र रहेका महिला, पुरुष तथा बालबालिकाहरुको उद्धार र सहयोगमा सक्रिय रहेको प्रारम्भिक बाल विकास केन्द्र (इसीडीसी)ले विभिन्न कार्यक्रम सेवा प्रदान गर्दै आएको छ।

हालै यस विकास केन्द्रले बालबालिकाको लागि शैक्षिक सामाग्री, खेल सामाग्री, बेबी बक्स, नर्सरी किटबक्स तथा सुत्केरी महिलाहरूको लागि सुत्केरी सामाग्री वितरण गरेको छ ।

यस्तै यस संस्थाले कारागारमा रहेका सम्पूर्ण बन्दिहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण र उपचार सेवा कारागार भित्रै प्रदान गर्दै आएको छ भने पुन प्रयोग गर्न मिल्ने कपडाको प्याडहरु पनि वितरण गरेको छ।

हालै मकवानपुरको भिमफेदीमा रहेको क्षेत्रीय कारागारमा बन्दीहरूका हितका लागि यस संस्थाले कारागार प्रमुख मदन लामा थिङबाट स्वास्थ्य सेवा कक्ष उद्घाटन गरी संचालन गरेको छ।

यस स्वास्थ्य सेवा कक्षमा १ हजार १८ जना कैदी बन्दी र २ जना बालबालिकाहरुले स्वास्थ्य सेवा लिइरहेका छन् । स्वास्थ्य सेवा कक्षलाई सुव्यवस्थित तरिकाले संचालन गरिरहेको जानकारी भिमफेदी कारागार प्रमुख मदन लामा थिङले प्रारम्भिक बाल विकाश केन्द्रका कार्यक्रम प्रमुख सुधा कार्कीलाई जानकारी गराए ।

उक्त कार्यक्रममा कारागारका महिला बन्दीहरुलाई ४० वटा पुन प्रयोग गर्न मिल्ने कपडाको प्याड र बच्चाहरुलाई बेबि बक्स बितरण गरिएको थियो ।

०७७ वैसाख २१ गते डिल्लीबजार कारागारबाट सुरु गरिएको स्वास्थ्य सेवा कार्यक्रम हाल देश भर संचालनमा छ ।

प्रारम्भिक बाल विकास केन्द्रका अध्यक्ष पुष्पा बस्नेत र डिल्लिबजार कारागार प्रमुख अरुण पोख्रेलबाट स्वास्थ्य सेवा कक्ष उद्दघाटन गरि संचालनमा आएको स्वास्थ्य सेवामा बन्धीहरुले सेवा लिइरहेको कार्यक्रम प्रमुख सुधा कार्कीले जानकारी दिइन् ।

यस प्रारम्भिक बाल विकास केन्द्रले कारागार भित्र गर्भवती महिला, नाबालक बच्चा, सुत्केरी आमा लगायतका विभिन्न कार्यक्रहरु मकवानपुर, बाग्लुङ्ग, पाँचथर, सिन्धुली लगायतका कारागारहरूमा गर्दै आएको छ ।

यस केन्द्रले गत मंसिरमा ६ जना महिलाहरुलाई पौष्टिक आहार बापतको रकम ७ हजार ५ सय कारागालाइ उपलब्ध गराएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *