सुर्तीजन्य पदार्थ बेचबिखन गर्न काठमाडौं महानगरले लगाएको रोक कार्यान्वयन नगर्न आन्तरिम आदेश

No ads found for this position
No ads found for this position

काठमाडौं- सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ।

न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

‘महानगरको स्वास्थ्य विभागले जारी गरेको सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुन सक्ने अवस्था देखिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ।

काठमाडौं महानगरको सूर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाउने जिर्णविरुद्द श्रीराम टोवागो उद्योगले मुद्दा हालेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *