आजको मौसम: पहाडी क्षेत्रमा आंशिक बदली हुने, तराईमा हुस्सु लाग्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज (शुक्रबार) बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार शुक्रबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टासम्म पहाडी देशका विभिन्न ठाउँमा चिसो बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। शुक्रबार दिउँसो तथा राति पनि तराईका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्ने छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *