लागूऔषधसहित ७ जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडाैं- देशकाक विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् ।

झापाकाे दमक नगरपालिका-३ बेलडागीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद १४ हजार रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलडागीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने २४ वर्षीय भीम बहादुर राई र २१ वर्षीय बिकाश घले रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकै बुद्धशान्ति गाउँपालिका-३ र मेचिनगर नगरपालिका-१२ को सीमानाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्रामसहित मेचिनगर नगरपालिका-१३ तेलीबारी चोक घर भएका ३८ वर्षीय पवित्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले मे.९ प ५०९२ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक राजवंशीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ स्थित फनपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-१ बस्ने २५ वर्षीय बिजय बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब १४ किलो ९ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ताप्लेजुङ घर भई सर्लाही मलंगवा नगरपालिका-४ डेरा गरी बस्ने ३० वर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ४४८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीकाे  पोखरा महानगरपालिका-९ शिवटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय जिवन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *