त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित एक  पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका इजिप्टका नागरिक रहेका बताइएको छ ।

साथै शंकास्पद दुईजना सुडानी नागरिक पनि पक्राउ परेका र  उनीहरुमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

 

दुई दिनअघि पनि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *