चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एकको जनाको मृत्यु

No ads found for this position
No ads found for this position

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काठमाडौंबाट चित्लाङका लागि छुटेको बा.४ ख ८७७३ नम्बरको बस र काठमाडौं आउँदै गरेको बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएका हुन् ।

दुर्घटनामा थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको ज्यान गएको हो। उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ।

घाइते ४८ वर्षीय शम्भु गमालको उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।का निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *