तरुण दलको अभियानलाई अध्यक्ष सिंहले १ लाख दिने, महासंघले वितरण गर्यो निर्माण सामाग्री (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको १६ औं स्थापना दिवस-२०८० को उपलक्ष्यमा  आज बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परि घाइते भएकाहरूको जीवन रक्षाको लागि  उक्त रक्तदान गरिएको हो ।

यस्तै भूकम्पमा परि भत्किएका घर र टहरा निर्माणको लागि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्नो ब्याक्तिगत तर्फबाट तरुण दललाई एक लाख नगद दिने घोषणा गरेका छन् ।

अध्यक्ष सिंहले आज नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ समक्ष सो रकम दिने घोषणा गरेका हुन् । महासंघले आज कराई, कोदालो, खन्ती, जावल, पिक, करौँती र साबेल लगायत निर्माण सामाग्री हस्तान्तरण गरेको छ ।

महासंघले भई परि आउने जस्तो सुकै संकटमा पनि आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ ।

 

कार्यक्रममा अध्यक्ष गुरुङले भूकम्पमा परि घर-टहरा बनाउने तरुण दलको यो अभियानमा सहयोग गरेकोमा महासंघलाई विशेष धन्यवाद दिए ।

कार्यक्रममा उल्लेख्य तरुण दलका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *