बर्दिवासमा ९ वर्ष देखि खानेपानी चोरी गरी उद्योग संचालन

No ads found for this position
No ads found for this position

महोत्तरी- पछिल्लो समय  बर्दिवासमा पानीको समस्या बढीरहेको वेला बर्षौदेखी पानी चोरी गरेर उपभोग गरेको पाइएको छ ।

बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निरिक्षण गर्ने क्रममा बर्षौ चोरी गरेर उधोग नै संचालन गरेको भेटिएको हो ।

९ बर्ष देखि टायल उधोगमा एक व्यापारीले खानेपानी चोरी गरेर उधोग संचालन गरेको र अन्य धेरै चोरीका घटनाहरु फेला पारेको उपभोक्ता समितिले जनाएको छ ।

`त्यस्ता धाराहरुको खोजी गरेर काटदै चोरी गर्नेहरुलाई कारवाही प्रक्रिया अगाडी बढाएका छौ,´ समितिका कोषाध्यक्ष भोजराज फुयालले भने ।

पानीको महसुल लामो समयदेखी नतिर्ने केही व्यापारी तथा ब्यक्तिहरुको धारा पनि काटिएको छ भने यो विचमा ३० लाख बक्यौता उठाईएको अध्यक्ष भुलन सेनले जानकारी दिए ।

व्यापारी, ब्यक्ती तथा उधोगहरुले खानेपानी संस्थानलाई २ करोड १५ लाख वक्यौता बुझाउन वाँकी छ । संस्थानले पटक-पटक उक्त वक्यौताको बिषयमा ताकेता गर्दा पनि अटेर गरे पछी धारा नै काटने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष सेनले बताए ।

उनका अनुसार अहिलेसम्म नगरभित्र ८५ वटा धाराहरु काटिएको छ भने काटने क्रम जारी रहेको छ ।

काटेपछी केही संस्था तथा ब्यक्तिहरुले केही रकम बुझाउन आएको र बाँकी रकम तिर्न समेत समयसिमा मागेको हुनाले पुनः जडान पनि गरिरहेको कोषाध्यक्ष फुयालले जानकारी दिए ।

बर्दिवास वडा न.३ को गौरिडाडा, वडा न.१, वडा न.२ र वडा न.१४ का  बासिन्दालाई यस खानेपानी संस्थानले ५५४६ वटा धारा प्रदान गरिरहेको छ ।

यो विचमा पानीको समस्या वढन थालेपछि  उपभोक्ता समितिले पानी चुहावट तथा चोरीका बिषयहरुलाई निगरानी वढाएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *