हिउँले सेताम्मे मनाङ

No ads found for this position
No ads found for this position

काठमाडौं- उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । मनाङमा सोमबार बिहानादेखि परेको हिमपातका कारण बाक्लो हिउँ जमेको छ ।

मनाङ सदरमुकाम चामेल लगायत माथिल्लो भेगमा बाक्लो हिमपात हँदा जनजीवन कष्टकर भएको छ भने पर्यटक आवतजावतमा समेत सकस भएको छ ।

हिमपातका कारण गाईवस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको छ । अत्यधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समेत समस्या हुन थालेको छ ।

चिसोले वृद्धवृद्धा र बालबच्चालाई बढी समस्या हुन थालेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *