इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

No ads found for this position
No ads found for this position

बग्दाद- इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ ।

इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो ।

रोयटर्सका अनुसार गाडी र उद्धार टोली माथी सडक किनारमा राखिएको बम र गोलीले आक्रमण गरी कम्तीमा १० जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

सुरक्षा बलसँग सम्बन्धित स्रोतहरूले इराकको अमरनिया सहर नजिकै स्थानीय सांसदका आफन्तहरूलाई निशाना बनाएको जानकारी दिएका छन ।

सो क्रममा उनीहरुमाथि अज्ञात आक्रमणकारीले बम प्रहार गर्नुका साथै स्नाइपर फायरिङ समेत गरेको थियो । उनले आक्रमणको सम्भावित कारणबारे खुलाएनन्। आक्रमणपछि सुरक्षा बलले उक्त क्षेत्रमा कर्फ्यू लगाएको छ ।

अक्टोबर २०२३ को अन्तिम दिनमा इराकको राजधानी बगदादमा पनि यस्तै आक्रमण भएको थियो । यो हमला अक्टोबर २७ मा रेडक्रसको मुख्यालय र प्रहरी चौकी नजिक भएको थियो, जसमा ३३ जनाको मृत्यु भएको थियो। अघिल्लो राति छुट्टाछुट्टै आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि यो हमला गरिएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय