तनहुँमा बस दुर्घटना: २ जनाको मृत्यु, ३६ जना घाइते 

No ads found for this position
No ads found for this position

तनहुँ- तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

बुधबार बिहान पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुबाहक बस तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवास्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको टोपबहादुर मगर रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित ३६ जना घाइते भएका छन्। उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल, दमौली अस्पताल र तनहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *