धुलिखेलमा आगलागीहुँदा ३ तल्ले घर र एउटा गोठ जलेर नष्ट

No ads found for this position
No ads found for this position

धुलिखेल-  धुलिखेलमा एकाबिहानै आगलागी भएको छ ।

धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त आगलागीमा परी आगलागीबाट ढुंगाको ३ तल्ले घर र एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ। धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ ।

आगलागी कसरी सुरु भयो ? भन्ने बारेमा छानबिन भईरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *