बिदेशी मिडियामा प्रसाई, प्रहरीले बल प्रयोग गरेको समाचारको चर्चा

No ads found for this position
No ads found for this position

काठमाडौं- समय-समयमा आफ्नो बयानका कारण विवादमा परिरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अहिले राजा र हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका छन् । तर, कुनै बेला उनी नेकपा एमालेका केन्द्रीय सदस्य थिए ।

सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई “हजुरबुवा” को नाता लगाउँदै बोलिरहेका हुन्थे । उनी कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट थिए । तर केही महिनादेखि प्रसाईँले एमाले नेतृत्वको चर्को आलोचना गर्दै आएका छन् ।

विभिन्न माध्यमबाट उनले एमाले र उक्त दलका अध्यक्ष ओली एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

अहिले भने उनी प्रखर गणतन्त्रविरोधी बनेका र हिन्दूराष्ट्र तथा राजतन्त्रको पक्षमा लागेका देखिन्छन् ।

उनले मंसिर ७ गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । उनको प्रदर्शनलाई विदेशी संचारमाध्यमले पनि विशेष महत्व दिएर समाचार सम्प्रेषण गरिरहेका छन् ।

एपी न्युजले नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै हजारौं प्रदर्शनकारीले प्रहरीसँग झडप गरेको कुरा उल्लेख गरेको छ ।

यस्तै रोयटर्सले पनि राजतन्त्र पुनस्र्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुविरुद्ध नेपाल प्रहरीले बल प्रयोग गरेको कुरा लेखेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले पनि सुरुदेखि नै पसाईको समाचार सम्प्रेषण गरिरहेका छन् । रुसी, टर्किस मिडियामा पनि प्रसाईँको आन्दोलनले स्थान पाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *