दुर्गा प्रसाईको राष्ट्रवादी आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको नजर

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ७ गतेदेखि गर्ने राष्ट्रवादी आन्दोलनमा अन्तर्राष्ट्रिय शक्तिले पनि चासो दिएका छन् ।

भारत, चीन, युरोपियन युनियन, अमेरिका र मध्यपुर्वका देशहरुले प्रसाईको आन्दोलनमा कस्तो शक्ति प्रर्दशन हुन्छ भनेर चासो राखेका छन् ।

प्रसाईंले एक वर्षयता बैंकहरूको चर्को ब्याज कम गर्न, मेडिकल शिक्षा सुधार, वैदेशिक रोजगारी, जनताले गरिखाने वातावरण बनाउन सरकारसँग माग गर्दै आएका छन् । भने, उनले यीनै मागलाई सरकारमाथि दबाब बढाउन मंसिर ७ मा काठमाडौंमा जनप्रदर्शन गर्ने मिति दसैंअघि काठमाडौमा पत्रकार सम्मेलन गरी उद्धघोष गरेका थिए ।

प्रसाईको जनप्रदर्शनलाई अन्तर्राष्ट्रिय शक्तिले नयाँ र उदयमान शक्तिका रुपमा आउने गरी हेरेको पाइएको छ । प्रसाईले राष्ट्रवादी, राष्ट्र, निमुखा, गरिब र भुँइमान्छेका लागि आन्दोलन गर्दै आएका छन् । उनको यो आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालेर हेर्दै आएका छन् ।

प्रसाईको आन्दोलनपछि नेपालमा राजनीतिक स्थीति परिवर्तन हुने समेत विलेश्ण भइरहेका बेला अन्तर्राष्ट्रिय समुदायले समेत उनको कार्यक्रमलाई अर्थपुर्ण रुपमा हेर्देछन् ।

“बृहत् नागरिक मुक्ति आन्दोलन” को ब्यानरमा ५ लाख मान्छे काठमाडौंमा उतार्ने प्रसाईले दाबी गर्दै आएका छन् । भने, गृहमन्त्रालयले समेत प्रसाईको कार्यक्रममा ३ लाख नागरिक प्रर्दशनमा आउनेसक्ने अनुमान गरेर सुरक्षा व्यवस्था मिलाइरहेको पाइएको छ ।

प्रसाईंले आफुव्यक्तिको पछाडीभन्दा देश र जनताका लागि अन्तिम लडाईं लडेको बताए ।

‘एमालेले आफुविरुद्ध लागेको छ । यसको मुल्य मंसिर ७ मा चुकाउनुपर्ने अवस्था आयो । आफनो शक्ति प्रर्दशन देखेर ओली समेत ‘साइज’ मा आउने र अन्य राजनीतिक झस्किन्छन् ।’ उनले भने, ‘हामी कोहीसँग भिड्न जाँदैन । एमालेको संगठनसँग पार्टी बचाउने आन्दोलन हो । मेरो जनता बचाउने आन्दोलन हो । यो विषयमा जनतालाई पनि थाहा भइसक्यो ।’

अहिले जनताले कुन पार्टी कस्तो भनेर थाहा पाइसकेको दाबी गर्दै उनले पार्टीभन्दा ठुलो देश भएका कारण पनि आफ्नो आन्दोलनमा जनताको साथ रहेको जानकारी दिए ।

एक वर्षयता राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नामक अभियान चलिरहेको प्रसाईंको उक्त महाअभियान चामल र गुन्द्रुक लिएर काठमाडौं आउन र पानीको व्यवस्था आफूले गर्ने प्रसाईंले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रसाईको मंसिर ७ मा हुने आन्दोलनदेखि सरकार र प्रतिपक्ष एमाले समेत तर्सिएको छ । भने, उनको आन्दोलनमा नागरिकको सहभागिता कस्तो हुन्छ भनेर सबैको चासोको विषय पनि बनेको छ ।

प्रसाईको आन्दोलनमा सबै जिल्लाबाट नागरिक काठमाडौं आउने सम्पर्कमा आएको उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईको राष्ट्रवादी आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको नजर

  1. In this condition UML should involve in the event blindly. If uml goes to against the event then public never believes to uml

Leave a Reply

Your email address will not be published. Required fields are marked *