अल शिफा अस्पताल मुनी हमासको सुरूङ, एक सैनिक र दुई विदेशीलाई बन्धक

No ads found for this position
No ads found for this position

गाजा- इजरायलले हमासले अल शिफा अस्पताल मुनिको ५५ मिटर लामो सुरुङमा एक सैनिक र दुई विदेशीलाई बन्धक बनाएको आरोप लगाएको छ।

इजरायली सेनाले एउटा भिडियो पोस्ट गर्‍यो, जसमा सुरुङ देखाइएको थियो। सेनाले अल शिफाको कम्पाउन्ड मुनि १० मिटर गहिरो सुरुङ खनेको दाबी गरेको छ ।

गत हप्ता इजरायलले अल शिफा अस्पताल कब्जा गरेको थियो, त्यसपछि इजरायली सेनाले अस्पतालका धेरै भवनहरू खोजी र धेरै कथित प्रमाणहरू प्रस्तुत गरिरहेको छ । उसको दाबी अनुसार अस्पताल मुनिको बंकरमा हमास लडाकुहरू बसिरहेका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले भने गाजाभरि सयौं किलोमिटर लामो सुरुङ निर्माण गरेको स्वीकार गरेको छ । हमासले आफूसँग सुरुङ, बङ्कर र एक्सेस शाफ्टको सञ्जाल रहेको स्वीकार गरेको छ । तर अल शिफाभित्र कुनै पनि सुरुङ निर्माण नगरेको हमासले जनाएको छ ।

इजरायली सेनाले अल सिफा अस्पतालमा आफ्ना सबै नागरिकहरूको खोजी गरिरहेको जनाएको छ, जसलाई हमासले अक्टोबर ७ को हमला पछि अपहरण गरेको थियो। जसअनुसार इजरायली सेनाले अल शिफा नजिकै एक बन्धक महिलाको शव फेला पारेको थियो। इजरायलले उक्त महिलाको नाम नोआ मार्सियानो भएको र उनी इजरायली सेनाको सिपाही भएको दाबी गरेको छ ।

यद्यपि हमासले इजरायलको आरोप अस्वीकार गरेको छ तर नोआ मार्सियानो इजरायली हवाइ हमलाको परिणाममा मारिएको जनाएको छ ।

नोआको मृत्युमा सेनाले भन्यो, ‘नोआको अल शिफा अस्पतालमा हमास आतंकवादीले हत्या गरेको थियो। इजरायली सेनाले मार्सियानोको परिवारको हेरचाह गर्नेछ। हामी बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेका छौं।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *