काठमाडौंबाट दाङ जाँदै गरेको बस देवदहमा पल्टियो, २० जना घाइते

No ads found for this position
No ads found for this position

बुटवल- रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदहमा बस दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

सो बस दुर्घटनामा घाइते भएकाहरूलाई देवदह मेडिकल कलेजमा उपचार गराइराखिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले दिएको जानकारी अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०३-००१ नम्बरको बस गए राति पौने १२ बजे देवदह नगरपालिका-८ भलुहीमा पल्टिएको थियो ।

मध्यरातमा अचानक बस पल्टिएर भएको दुर्घटनामा परी सो वसमा सवार रहेका २० यात्रु घाइते भएका हुन्।

प्रहरीका अनुसार सो बसमा ३८ जना सवार थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *