भूकम्प पीडितलाई अष्ट्रेलियाले ६ लाख डलर दिने

No ads found for this position
No ads found for this position

काठमाडौं- अष्ट्रेलियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भूकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग गरेको छ ।

पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडितका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर सहयोग गरेको हो ।

काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले ‘नगदका लागि काम कार्यक्रम’ मार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ ।

पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भनेकी छिन्, ‘अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड-१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *